२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

संकटको बेला पक्षविपक्ष नभनि एक भएर लागौं

संकटको बेला पक्षविपक्ष नभनि एक भएर लागौं

गण्डकी टाइम्स
सोमवार, चैत्र २४ २०७६
गण्डकी टाइम्स
सोमवार, चैत्र २४ २०७६
  • युवराज वस्ताकोटी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस एक ऐतिहासिक र जिम्मेवार पार्टी भएकाले याे सिंगाे पार्टी जनता र देशप्रति उत्तरदायी हुनु आवस्यक छ । संसारलाई त्राहिमाम पार्दै गरेकाे काेराेना भाइरसकाे महाआक्रमणवाट देश र नागरिक वचाउन सरकारले प्रभावकारी नेतृत्व दिन सक्नुपर्छ । यो संकटको बेला आर्थिक अनियमितताका प्रसंगहरु आउनु सरकार र जनताकाे हितकाे कुरा हाेईन । एक प्रकारले यो दुखद कुरा हो। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बदादुर देउवाले सरकारसंग वारवार जनतालाई बचाउन उपाय समेत दिंदै अनुराेध गर्दै आएका छन् । काँग्रेसका युवा नेता गगन थापा आक्रामक रुपमा नागरिक वचाउने अभियानमा उपाय समेत लागि रहेका छन् । काेराेनाकाे आक्रमण अब देश भित्र रहेका नागरिकमा पनि देखिएकाे छ । सामाजिक मिडियामा त तपाईं हामी सबै सचेत पार्दैछाैं । तर, साेसियल मिडिया नहेर्ने, हेर्न नसक्ने ६०% नागरिक अझैं पनि यति बर्ष केहि भएन अझ केही हुदैन, भगवानले जाेगाउछन् भन्ने विश्वासमा छन् । भारत लगायत विदेश बस्ने नागरिकहरु समेत राेग लागे पनि देश भित्र आउन खाेज्दैछन् । उनीहरुकाे कुरा एक रुपमा सहि हाेला तर सम्झाउन याे आबश्यक छ कि उनीसंग आउने राेगले तपाईं बाँच्ने तर तपाईंको छाेराछाेरी तथा आफन्त छिमेकमा नराम्रो घटना घट्न सक्छ । मलाई लाग्दैन एक दुई हप्ताकाे लक डाउनले याे समस्या समाधान हुन्छ, याे त महिनाैं लाग्न सक्छ । यस्ताे गम्भीर अबस्थामा सरकार पक्ष एक्लैले सबै काम गर्न सक्दैन । सबै पार्टीको एकाकार सहयाेग आबश्यक छ । नेपाली काँग्रेस देशकाे ईतिहास र विकल्प दुवै हाे, चाहे ठिक ठानाैं वा बेठिक ! नेकपाकाे सरकारले सबै दललाई आब्हान गर्दै हातेमालो गर्ने वातावरण बनाउन ढिला गर्नु हुन्न। विशेषत नेकाकाे पूर्ण सहयाेगका लागि उसकाे विश्वास सरकारले जित्नु पर्छ । नेकाले केन्द्र देखि वडासम्म अझ टाेलटाेलसम्म समन्वय गरेर काेभिड-१९ काेविरुद्ध जनचेतना जगाउन, क्वारेन्टाइनमा भएकालाई सुविधा पुर्याउन, क्वारेन्टाइनआबश्यक पर्नेलाई क्वारेन्टाइनमा राख्न सहयाेग गर्नु जरुरी छ । प्रत्येक स्थानीय तहले आफ्नो प्रभावकारिता बढाउनु पर्छ त्यसका लागि उसले स्थानीय शिक्षकहरुकाे सहयाेग लिन सक्छ । नेका, नेकपा तथा अन्य दलका अगुवा कार्यकर्तालाई परिचालन गर्न सक्छ । यसरी कार्यक्रम सञ्चालन गर्दा सामाजिक दूरी कायम गरेर गर्नु पर्छ । अब पक्षविपक्ष नभनि देश एक भएर अगाडि बढ्नुकाे विकल्प छैन । अब जति ढिला गरिन्छ त्यति नै हामी फस्दै जानेछाैं । यसको लागि सरकारले कुशल नेतृत्व देखाउन भने सक्नुपर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij