२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

कोरोना भाइरसको प्रभाव र नेपालले अबलम्बन गर्नुपर्ने उपाय

कोरोना भाइरसको प्रभाव र नेपालले अबलम्बन गर्नुपर्ने उपाय

गण्डकी टाइम्स
आइतवार, जेठ ११ २०७७
गण्डकी टाइम्स
आइतवार, जेठ ११ २०७७
  • भरत धिताल चीनको वुहानबाट उत्पत्ती भएको कोरोना भाइरस (कोभिड (१९) विश्वको लगभग अधिकांश देशहरुमा फैलिएको छ । विश्वमा करिब ५३ लाख भन्दा बढि मानिसहरु सक्रमित भईसकेका छन् । करिब ३ लाख ५० हजार जनाले ज्यान गुमाईसकेका छन् । विश्वमा करोडौ मानिसहरु रोजगारबाट बञ्चित हुनुपरेको छ । आफुलाई शक्तिशाली भन्ने देशहरु पनि कोरोना भाइरसको संक्रमणले आक्रान्त भईरहेका छन् । विश्वका सम्पूर्ण देशको अर्थतन्त्रलाई तहसनहस पारेको छ । आजको युग बैज्ञानिक युग हो र गर्न नसक्ने काम केहि छैन भने पनि यस भाईरससँग जुध्न सकिरहेका छैनन् । बैज्ञानिकहरु यसबाट बच्नको लागि आबश्यक औषधी पत्ता लगाउन लागिपरिरहेका छन् तर पनि सफलता हात परिरहेको छैन । विश्व स्वास्थ संगठनले पनि यो भाइरस लामो समयसम्म रहिरहने सम्भावना रहेकाले सबैलाई सचेत रहन अनुरोध गरिरहेको छ । त्यसैले विश्वनै लकडाउनको अवस्थामा छ । लकडाउनलाई कडाई गर्दै परिक्षणलाई तिब्रता दिदै गएका चीन, दक्षिण कोरिया, अष्ट्रेलिया तथा जर्मनी जस्ता देशहरुले लकडाउनलाई कडाई गर्दै परिक्षणलाई तिब्रता दिदै अगाडि बढ्दै जाँद आज सफलताको हात परिरहेका छन् । तर विभिन्न कारणहरुले अन्य देशहरु असफल भईरहेका छन् । हाम्रो देशमा लकडाउन करिब ६३ दिन पुगिरहदा पनि सफलता हात पार्न सकेको छैन । सक्रमितहरु घट्दै जानुको सट्टा झन् झन् बढ्दो अवस्थमा छ । जसको कारणले गर्दा नेपालमा पनि डरलाग्दो अवस्थामा छ । हामीहरु धेरै ठाँउमा चुकिरहेकाछौ । कोरोना भाईरसले नेपाललाई अरु देशहरु भन्दा पछि छोएको कारणले हामीहरुलाई सफलता हात परेका देशबाट केहि कुरा सिकेर त्यसलाई सरकारले लागु गर्छ भन्ने जनमानसमा अपेक्षा थियो तर त्यो केबल कुरामा मात्र सिमित भयो । आज पनि परिक्षणको अवस्था कछुवाको गतिमा छ । स्वास्थकर्मीहरुलाई आवश्क पर्ने सामाग्रीहरुको अभाव नै छ । क्वारेन्टाइन विश्व स्वास्थ सगँठनको मापदण्ड अनुरुप बन्न सकिरहेको छैन जसले गर्दा क्वारेन्टाइन नै सक्रमणको फैलिने केन्द्र बन्ने हो कि भन्ने चिन्ताको विषय बनेको छ । नाकाहरुबाट दैनिक हजारौ नागरिकहरु देश भित्र छिरिरहेकाछन् । न त स्वास्थ परिक्षण भएको छ न त क्वरेन्टाइनको ब्यवस्था नै छ । जसको कारणले आज देशमा भयवह अवस्था आउने सम्भावना छ । स्पेन, इटली जस्ता अति विकसित देशहरुले लकडाउनसँगै परिक्षणलाई तिब्रता दिन नसक्दा ठूलो क्षती व्यर्हनु परेको छ । त्यसैले नेपालले पनि यसबाट पाठ सिकेर कोरोनाबाट मुत्त बनाउनु पर्छ । अत: नेपालले पनि निम्न कुराहरु अबलम्बन गरेको अवस्थामा कोरोनाबाट मुक्त हुन सकिन्छ । १. लकडाउनलाई पूर्ण व्यवस्थित गर्दै आबश्यक परेको अवस्थामा जरिवानाको पनि व्यवस्था गर्ने । २. परिक्षणलाई तिब्र गतिमा अगाडि बढाउने, आरडिटि विधि भन्दा पिसिआर विधिलाई जोड दिने । ३.सरकारले विश्व स्वास्थ संगठनको मापदण्ड अनुरुप क्वरेन्टाइन र्निमाणमा जोड दिने । ४. स्वास्थकर्मीलाई आवश्क पर्ने सामाग्रीहरु जस्तै माक्स, पिपिई लगाएतका सामाग्रीहरु व्यवस्था गर्ने । ५. देशका बिभिन्न अस्पतालहरुमा आइसोलेसन निर्माणको लागि प्रदेश सरकार तथा स्थानिय सरकारहरुसँग समन्वय गरि छिटो भन्दा छिटो आवश्यक पूर्वाधार निर्माण गर्ने । ६. विदेशमा रहेका नागरिकहरु स्वदेश आउछु भन्नु उनीहरुको अधिकार हो । त्यसैले नाकाहरुमा रहेका उनीहरुलाई स्वस्थ परिक्षण गरि देश भित्र ल्याउने व्यवस्था गरि सुरक्षित क्वरेन्टाइनमा राख्ने । ७. क्वरेन्टाइनको अभाव भईरहेको अवस्थामा सरकारले बिभिन्न विधालय, क्याम्पस,पार्टी प्यालेस, होटल तथा लजका संचालकहरुसँग समन्वय गरेर उत्त स्थानहरुको प्रयोग गर्ने । ८. सरकारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गरिरहेका निजि क्षेत्र, सामाजिक संघ सस्थालाई साथ लिएर काम गर्ने । ९. अग्रपङ्त्तिमा रहने स्वस्थकर्मी, सुरक्षाकर्मी तथा पत्रकारहरुलाई सधै प्रोत्साहान गर्ने । १०. आवस्यक परेको अवस्थामा सरकारी कर्मचारीहरुको उचित प्रयोग गर्ने । ११. विश्व स्वास्थ सगँठनले पनि कोरोना भाइरस लामो समयसम्म रहिरहने सम्भावना रहेको सुचित गराईरहेको अवस्थामा नागरिकलाई सामाजिक दुरी कायम गर्न, माक्सको अनिर्वय प्रयोग गर्न लगाउनको साथै व्यतिगत सरसफाइमा ध्यान दिन विभिन्न माध्यमबाट जानकारी गराउने । माथि उल्लेखित उपायहरु अबलम्बन गरेको खण्डमा हामीहरु विश्वलाई नै थकित पारेको कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ । त्यसो गर्न नसकिएको अवस्थामा विज्ञहरुले भनेझै देशको स्वास्थ प्रणलीले कामै गर्न नसक्ने अवस्था नआउला भन्न सकिन्न । त्यसैले सबै नागरिकहरुले पनि सरकारलाई माथि उल्लेखित कुराहरु लागु गर्नकोलाई दबाब दिन सकेको खण्डमा हामीहरु कोरोना मुक्त हुन सक्नेछौ । (लेखक शान्ती शिक्षा अभियान यूनिस्कोका अध्यक्ष हुन्)  

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij