२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

बुट्टारमा सञ्चालनमा आयो रिभर फन जिपलाइनसंगै रोप साइक्लिङ

बुट्टारमा सञ्चालनमा आयो रिभर फन जिपलाइनसंगै रोप साइक्लिङ

गण्डकी टाइम्स
शुक्रवार, चैत्र २५ २०७८
गण्डकी टाइम्स
शुक्रवार, चैत्र २५ २०७८
  • गोरखा, २६ चैत । पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखाको बुट्टार स्थित रिसोर्टसम्म पुग्ने ‘रिभर फन जिपलाइन’ र ‘रिभर फन क्याफे’को उद्घाटन गरिएको छ । चितवनको इच्छाकामना गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङ र गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष होमबहादुर राना मगरले संयुक्त रुपमा जिपलाइनको उद्घाटन गरेका हुन् । रिभर फन बिच रिसोर्टका सञ्चालकले निर्माण गरेको पृथ्वी राजमार्गको चुमखोलादेखि गोरखा बुट्टार स्थित रिसोर्ट सम्म पुग्ने ‘रिभर फन जिपलाइन’ र ‘रिभर फन क्याफे’को उद्घाटन गरिएको छ । ५ सय ५८ मिटर लामो जिपलाइनको अधिकांश भाग त्रिशूली नदी माथि पर्ने कारण झनै सहासिक र रोमान्चक हुने रिभर फन बिच रिसोर्ट प्रालिका प्रवन्ध निर्देशक शंकर अधिकारीले बताए । अधिकारी दुई दशक देखि र्याफ्टिङ लगायत एड्भेन्चर ब्यवसायमा आवद्ध छन् । नदि माथिको रोमान्चक उडान हुने भएकाले जिपलाइन नेपालकै नमूना हुने उनको भनाइ छ । जिपलाइन खेल्न प्रति ब्यक्ती नेपालीका लागि १ हजार रुपैयाँ र विदेशी पर्यटकका लागि १५ डलर शुल्क लाग्ने छ । फोटो भिडियोको अतिरिक्त ५ सय लाग्नेछ । १८ मिटर अग्लो पाँच तले टावरको चौथो तलाबाट जिपलाइन सुरु हुने जिपलाइनमा दुई समानान्तर रोप रहने भएकोले दुई जना एकैपटक एक अर्कालाई हेर्दै खेल्न मिल्ने अधिकारीले जानकारी दिए । रिभर फन क्याफे रिभर फन क्याफेमा कफी बार, कक्टेल, मक्टेल, बर्गर, पिज्जा क्रन्चीलगायत सामान्यतया राजमार्गका क्याफेमा नपाइने आइटमसहित क्याफे सन्चालनमा आएको छ । मल्टि क्युजिन क्याफे भएकाले विदेशी खानाको पारखीहरुदेखि नेपाली थकाली खाना मन पराउने आन्तरिक र बाह्य दुवै पर्यटकलाई उच्चस्तरको स्वाद, सेवा र सत्कार दिने अधिकारीको भनाइ छ । ९५ मिटर स्काइ रोप साइक्लिङ समेत निर्माण भएको परियोजना डिजाइनर मुकेश अधिकरी सिभिल इन्जिनियरले जानकारी दिए । मिनि जिपलाइन, पिङ, रोप कोर्ष लगायतका गतिविधि सहितको किड्स एड्भेन्चर पार्क निर्माणाधीन रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij