२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

हिमालयन ट्राभल मार्ट काठमाडौँमा सुरु

हिमालयन ट्राभल मार्ट काठमाडौँमा सुरु

गण्डकी टाइम्स
मंगलवार, जेठ २३ २०८०
गण्डकी टाइम्स
मंगलवार, जेठ २३ २०८०
  • काठमाडौँ, २३ जेठ । अन्तर्राष्ट्रियस्तरको हिमालयन ट्राभल मार्टको चौथो संस्करण काठमाडौँमा सुरु भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि सुरु भएको मार्ट यही जेठ २६ गतेसम्म चल्नेछ । मार्टमा २५ मुलुकका चार सयभन्दा बढीको सहभागिता रहेको आयोजक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)नेपाल च्याप्टरले जनाएको छ । मार्टको एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको छ । पाटा नेपाल च्याप्टरका प्रमुख कार्यकारी अधिकृत सुरेशसिंह बुडालका अनुसार मार्टमा २५ देशका चार सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ । मार्टमा ५० क्रेता र ५० बिक्रेताले सहभागिता जनाउने छन् । मार्टमा विभिन्न विधामा १५ भन्दा बढी वक्ताले प्रस्तुति दिनेछन् । कोरोनापछिको पर्यटन पुनःरुत्थान अभियानलाई सहयोग पुयाउनुका साथै मुलुकमा सञ्चालनमा आएका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सक्रियरूपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले विशेष सत्र सञ्चालन हुने प्रमुख कार्यकारी अधिकृत बुडालको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij