२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

टानको अध्यक्षमा सागर पाण्डेले उम्मेदवारी दिने, साझा उम्मेदवार बनाउने प्रयास

टानको अध्यक्षमा सागर पाण्डेले उम्मेदवारी दिने, साझा उम्मेदवार बनाउने प्रयास

गण्डकी टाइम्स
मंगलवार, श्रावण १५ २०८१
गण्डकी टाइम्स
मंगलवार, श्रावण १५ २०८१
  • काठमाडौं, १६ साउन । ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान)को आगामी अध्यक्षका लागि सागर पाण्डेले उम्मेदवारी दिने भएका छन् । माओवादी केन्द्र निकट नेपाल पर्यटन व्यावसायी संगठनले पाण्डेलाई टानको अध्यक्षमा अघि सार्ने सर्वसम्मत निर्णय गरेको छ । मंगलवार बसेको संगठनको बैठकले सागर पाण्डेको नेतृत्वमा टानमा जाने निर्णय गरेको नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज पाण्डेले जानकारी दिए । नेपालको पर्वतिय पर्यटनमा लामो अनुभव रहेका पाण्डेलाई टानको आगामी अध्यक्षमा अघि सार्ने निर्णयले पर्यटन व्यावसायीमा उत्साह थपिएकोको वरिष्ठ पर्यटन व्यावसाययी गणेश सिम्खडाले बताए । टानको महासचिवको जिम्मेवारी सम्हाली सकेका पाण्डे चर्चित पर्यटन व्यवसायी समेत हुन् । टानको महासचिव हुँदा पाण्डेले पर्यटन प्रबर्द्धनमा गरेको कामको अहिले पनि चर्चा हुने गरेको सिम्खडाको भनाइ छ । टानको अध्यक्षमा सागर पाण्डेलाई अघि सारेसंगै साझा उम्मेदवार बनाउने गरि अन्य संघसंगठनसंग छलफल तथा वार्ता अघि बढ्ने नेपाल पर्यटन व्यावसायी संगठनले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij