पेट्रोलको मूल्य २ रुपैयाँले घट्यो, डिजेलको कति ?
पेट्रोलको मूल्य २ रुपैयाँले घट्यो, डिजेलको कति ?
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौँ, १५ भदौ। पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको विज्ञप्तिमार्फत जानकारी गराएको हो।
निगमले शनिबार साँझ सार्वजनिक गरेको विज्ञप्ति अनुसार, काठमाडौँमा अब पेट्रोलको मूल्य १६३ रुपैयाँ प्रतिलिटर पर्नेछ। पोखरा र दिपायल क्षेत्रमा पनि यही मूल्य कायम हुनेछ।
त्यस्तै, सुर्खेत र दाङ क्षेत्रमा १६३ रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ। चारआली, विराटनगर, अमलेखगञ्ज जनकपुर, भलबारी, नेपालगञ्ज, धनगढी, वीरगञ्ज क्षेत्रमा १६० रुपैयाँ ५० पैसा पर्ने निगमले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
प्रतिक्रिया