धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
गण्डकी टाइम्स
गण्डकी टाइम्स
पोखरा, १४ कात्तिक। गृहमन्त्री रमेश लेखकले सहकारी ठगी प्रकरणमा नाम जोडिएका नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन्।
प्रेस युनियन कास्कीले बुधबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेल्नमा बोल्दै आतोपित जो भए पनि अनुसन्दान हुने र व्यक्तिको मुख हेरेर अनुसन्धान अनि कारवाही नरोकिने बताएका हुन्। ‘तथ्य र प्रमाण जता सोझिन्छ, त्यो व्यक्तिमाथि कारबाही हुन्छ,’ उनले भने।
पूर्वगृहमन्त्री रवि लामिछानेमाथि संसदीय विषेश समितिको सिफारिसको आधारमा अनुसन्धान अगाडि बढाइएको पनि उनको भनाइ थियो।
प्रतिक्रिया