२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

काठमाडौं-१६ मा माओवादी केन्द्रले उम्मेदवारी नदिने

काठमाडौं-१६ मा माओवादी केन्द्रले उम्मेदवारी नदिने

गण्डकी टाइम्स
शनिवार, मंसिर १ २०८१
गण्डकी टाइम्स
शनिवार, मंसिर १ २०८१
  • काठमाडौँ, १ मंसिर । कसैसँग चुनावी तालमेल नगर्ने भन्दै आएकको माओवादी केन्द्रले उपनिर्वाचनमा तालमेलको यात्रा सुरु गतेको छ । उसले नेकपा एकीकृत समाजवादीसंग स्थानीय तह उपनिर्वाचनमा काठमाडौँको दुई सिटमा तालमेलको सहमति गरेको छ । सहमतिअनुसार काठमाडौँ -१६ मा समाजवादीलाई माओवादी र कीर्तिपुर नगरपालिकामा माओवादीलाई एकीकृत समाजवादीले सहयोग गर्ने सहमति भएको हो । शनिबार बसेको दुई पार्टीबिचको संयुक्त बैठकले तालमेलको निर्णय गरेको हो । बैठकले कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनलाई नेकपा (एकीकृत समाजवादी) ले समर्थन गर्ने र काठमाडौँ महानगरपालिका वडा नं. १६ को वडाअध्यक्ष पदका उम्मेदवार मिनबहादुर मानन्धरलाई नेकपा माओवादी केन्द्रले समर्थन गर्ने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij