२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

उपनिर्वाचनमा माओवादीको बिजयी सुरुवात : पुथाउत्तरगंगा-२ को वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित

उपनिर्वाचनमा माओवादीको बिजयी सुरुवात : पुथाउत्तरगंगा-२ को वडाध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित

गण्डकी टाइम्स
बुधवार, मंसिर ५ २०८१
गण्डकी टाइम्स
बुधवार, मंसिर ५ २०८१
  • रुकुमपूर्व, ५ मंसिर । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको वडा-२ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् । योसगै माओवादी केन्द्रले उपनिर्वाचनमा विजयी सुरुवात गरेको छ । कांग्रेस-एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार जीवन रोकाले उम्मेदवारी फिर्ता लिएपछि माओवादी केन्द्रका जगत घर्ती निर्विरोध भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयले भने यसको औपचारिक घोषणा समेत गरिसकेको छ । गत निर्वाचनमा पनि वडा नम्बर २ एमाले र कांग्रेसले गठबन्धन गरेर चुनाव लडेका थिए । तर माओवादी केन्द्रका उम्मेदवार जसबहादुर शिर्पाली विजयी भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij