२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बीआरआईमा एमालेसँग साझा धारणा बन्छ : महामन्त्री गगन थापा

बीआरआईमा एमालेसँग साझा धारणा बन्छ : महामन्त्री गगन थापा

गण्डकी टाइम्स
बुधवार, मंसिर ५ २०८१
गण्डकी टाइम्स
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौँ, ५ मङ्सिर । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा कांग्रेसले जोड दिँदै आएको बताएका छन् । उनले एमालेसँग साझा धारणा बनाएर नै नेपालमा बीआरआई परियोजना अघि बढाउने विषयमा समेत कांग्रेस सकारात्मक रहेको बताए । तर बीआरआई सम्झौता कार्यान्वयनअघि चीनसँग विगतमा गरिएका सम्झौताहरू कार्यान्वयन गर्नुपर्ने कुरामा आफूहरूको जोड रहेको उनको भनाइ छ । बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले चीनसँग सम्झौता गरिएको बीआरआई कार्यान्वयन सम्झौता गर्नुअघि विगतमा भएका सहमतिअनुसारका कार्यक्रम र योजनाहरू सम्पन्न हुनुपर्ने आफूहरूको अडान रहेको बताए । उनले सो सम्बन्धमा एमालेसँग मतभिन्नता भएको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन आफूहरू सक्षम रहेको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij