२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री ओली

बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री ओली

गण्डकी टाइम्स
शुक्रवार, मंसिर ७ २०८१
गण्डकी टाइम्स
शुक्रवार, मंसिर ७ २०८१
  • काठमाडौँ, ७ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई ऋण अन्तर्गत स्विकार्न नसकिने बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे ब्रिफिङ गर्दै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ऋणमा स्विकार्न नसकिने बताएका हुन् । ‘चीन भ्रमण हुँदैछ । बीआरआईबारे पनि चर्चा भइरहेको छ । तपाईंहरुलाई पनि लाग्ला बीआरआई के हुन्छ ? तर हामी अहिले ऋणमा बीआरआई स्विकार्न सक्ने अवस्थामा छैनौँ’, प्रधानमन्त्री ओलीको ब्रिफिङ उद्धृत गर्दै एक मन्त्रीले भने– ‘अनुदानमा भए स्वीकार गर्न सकिन्छ ।’ बैठकमा प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणको तयारी र एजेन्डाबारे समय आएपछि छलफल गर्दै जाने बताएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij