२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

संविधान संशोधन बारे माओवादीले अघि सार्यो चार विकल्प

संविधान संशोधन बारे माओवादीले अघि सार्यो चार विकल्प

गण्डकी टाइम्स
शुक्रवार, पौष १९ २०८१
गण्डकी टाइम्स
शुक्रवार, पौष १९ २०८१
  • काठमाडौं, १९ पुस । नेकपा (माओवादी केन्द्र) ले संविधान संशोधनका लागि चारवटा विकल्प अघि सारेको छ। शुक्रबार बसेको स्थायी समिति बैठकमा पनि यश बिषयमा छलफल भएको उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । माओवादीले अघि सारेको विकल्पहरूमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री बन्न नपाइने र प्रतिनिधि सभामा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्ने छन्। संविधान संशोधनका कुरा आउँदा माओवादीले यस्ता प्रस्तावहरू अघि सारेका बताएको छ । माओवादीले यी विकल्पबारे आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकमा पनि छलफल गर्ने प्रबक्ता सापकोटाले स्पष्ट पारे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij