२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

जीबी र रविले माइन्यूटबाटै किर्ते गरे : छवि जोशी

जीबी र रविले माइन्यूटबाटै किर्ते गरे : छवि जोशी

गण्डकी टाइम्स
आइतवार, पौष २१ २०८१
गण्डकी टाइम्स
आइतवार, पौष २१ २०८१
  • काठमाडौं, २१ पुस । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थामा भएको हिनामिना प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीले गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) र प्रबन्ध निर्देशक रवि लामिछानेले सञ्चालकको माइन्युटबाटै किर्ते गर्ने आरोप लगाएका छन् । स्वर्णलक्ष्मी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले आइतबार काठमाडौं जिल्ला अदालतमा दर्ता गरेको मुद्दामा जोशीले शेयर हस्तान्तरण गरेर आफू अमेरिकामा रहेका बेला रवि र जीबीले माइन्युटमा किर्ते हस्ताक्षर गरेर निर्णय अघि बढाएको दाबी गरेका हुन् । आफूले गोर्खा मिडियामा लगानी नथप्ने र घर धितो नराख्ने अडान लिँदा सम्बन्ध बिग्रिएको पनि उनले खुलाएका छन् । उनले रविको आग्रहमा शेयर हस्तान्तरण गरेर तीन महिनामै छुट्टिए पनि प्रक्रिया नसकिएको बहानामा सात महिनासम्म गोर्खा मिडियाका काममा लगाइरहेको बताएका छन् । उनले अमेरिका रहेका बेला कम्पनी सदस्यका रूपमा रवि र जीबीले आफ्नो किर्ते हस्ताक्षर गरेको बताएका छन् । गोर्खा मिडियाको सबै सेयर हस्तान्तरण गर्दा पनि सहकारीको ऋण आफ्नो नाममा लिएको कुरा प्रहरीले लेजर देखाउँदा मात्रै थाहा पाएको बयान पनि उनले दिएका छन् । छविले सहकारीको सफ्टवेयरबाट प्राप्त हुन आएको गितेन्द्रबाबुईले विभिन्न क्लाइन्ट कोड प्रयोगरी एकपटक तीन करोड ४२ लाख ९८ हजार रुपैयाँ, भौचरमा उल्लेखित एक करोड १८ लाख २८ हजार, एक करोड ५० लाख, ५० लाख, ४० लाख र २५ लाखसहित गोर्खा मिडियामा जम्मा गरेको पैसा जीबी र रविले नै लगेको हुने दाबी पनि उनले गरेका छन् । ‘रविले आफूलाई थप लगानी नगर्ने भए हट्न भनेको बताउँदै उनले दुवैजनालाई मात्रै रकमबारे जानकारी हुनुपर्ने बताएका छन् । छविले आफ्नो नाममा जम्मा गरिएको रकमबारे थाहा नभएको पनि बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij