२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

यो सरकार अन्ततः ढल्नु नै छ, आयु लामो छैन : प्रचण्ड

यो सरकार अन्ततः ढल्नु नै छ, आयु लामो छैन : प्रचण्ड

गण्डकी टाइम्स
मंगलवार, माघ १ २०८१
गण्डकी टाइम्स
मंगलवार, माघ १ २०८१
  • सिन्धुपाल्चोक, १ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको आयु धेरै लामो नरहेको बताएका छन् । आज प्रेस सेन्टर सिन्धुपाल्चोकले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार अप्राकृतिक रुपले बनेकाले यसको आयु लामो नहुने बताएका हुन् । सरकारको आफ्नै क्रियाकलापले समेत आयु घटाइरहेको उनको भनाइ छ । वर्तमान सरकार ढाल्न माओवादीलगायतका दलहरुले बल गर्नै नपर्ने उनले बताए । ‘यो सरकार टिकिराखोस् भन्ने त हाम्रो चाहना हुँदैन । तर, यो अप्राकृतिक भएको हुनाले यो ढलिनै हाल्छ, हामीले बल नै गर्न पर्दैैन । यसको आयु धेरै छ जस्तो मलाई लागेको छैन । मैले मिति तोक्न त मिल्दैन, मिल्ने पनि होईन । हामी गम्भीर रुपले घटना क्रमलाई हेरिरहेका छौं । अहिले जसरी सरकार चलिरहेको छ, त्यसले पनि आयु आफैं छोट्यायो भन्ने मलाई लागेको छ´, उनले भने । सबैभन्दा ठूला सत्तारुढ दल नेपाली कांग्रेसभित्रै सरकारप्रति जबरजस्त ढंगले असन्तुष्टि चुलिएको प्रचण्डको दाबी छ । प्रचण्डका अनुसार कांग्रेसको संस्थापन समूहमा रहेका नेताहरुको पनि असन्तुष्टि बाहिर आइसकेको छ । यस्तो अवस्थामा सरकार सहज ढंगले अगाडि जाने अवस्था नरहेको उनले बताए । साथै, माओवादीले सरकार गिराउने र तुरुन्तै सरकारमा जाने भनेर कुनै प्रयास नगरेको उनले बताए । माओवादी अहिले जनताको बीचमा गएर संगठन सुदृढ गर्ने अभियानमा रहेको, स्थानीय तहदेखि नै भेला तथा सम्मेलनहरु भइराखेको र आफूहरुको अभियानलाई जनताले राम्रो मानिराखेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij