२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

माओवादी केन्द्रको पर्यटन शाखाको दोस्रो सम्मेलनबाट राजकुमार धमला नेतृत्वको नयाँ कार्यसमिति चयन

माओवादी केन्द्रको पर्यटन शाखाको दोस्रो सम्मेलनबाट राजकुमार धमला नेतृत्वको नयाँ कार्यसमिति चयन

गण्डकी टाइम्स
शुक्रवार, माघ ११ २०८१
गण्डकी टाइम्स
शुक्रवार, माघ ११ २०८१
  • काठमाडौं ११ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द) उद्योग तथा व्यवसायी महाशाखाअन्तर्गत पर्यटन शाखामा राजकुमार धमलाको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । शुक्रबार ठमेलस्थित काठमाडौं गार्डेन होममा सम्पन्न शाखाको दोस्रो सम्मेलनले सो कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा दावा लामा, प्रमिला देवकोटा पाण्डे, गुणराज श्रेष्ठ, सचिव माधव कुमार धमला, सहसचिव राजन लामिछाने, कोषाध्यक्ष हर्क गुरुङ निर्वाचित हुनुभएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा तुलराज तामाङ, होम विश्वकर्मा, विष्णु थापा, नवराज बोहोरा, धन प्रसाद अमगाई, सन्दिप तिवारी, सुरेन्द्र धमला, धन अमगाई, राजेश थपलिया, मेरे कार्की, बद्री पोखरेल, रमेश विक, डा. विमला दाहाल रहनुभएको छ । सोही सम्मेलन समारोहबाट विभिन्न उपशाखाहरुको नेतृत्वसमेत घोषणा गरियो । जसअनुसार ट्रेकिङ उपशाखाको अध्यक्षमा कृष्ण बहादुर परियार, उपाध्यक्षमा धनप्रसाद अमगाई, कोषाध्यक्षमा नवराज बोहोरा, सदस्य कल्पना पाण्डे र रमेश बजगाई रहनुभएको छ । त्यस्तै स्थानीय होटल व्यवसायी उपशाखा अध्यक्ष बद्री पोखरेल, विरेन्द्र मल्ल, सचिव हिरादेवी चौधरी, सहसचिव टिकाराम भण्डारी, कोषाध्यक्ष गायत्री पोखरेल, रिता काफ्ले, प्रकाश घर्तीमगर र शंखबहादुर सुनार रहनुभएको छ । होटल तथा रेष्टुरेण्ट उपशाखामा केशवराज बंशा,रामहरी श्रेष्ठ, टिकाजन तामाङ, सिताराम पौडेल र रमेश विश्वकर्मा रहनुभएको छ । शाखाका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न सम्मेलन दुई चरणमा सञ्चालन गरिएको थियो । उद्घाटन सत्रमा पार्टीका केन्द्रीय सचिव तथा उपत्यका विशेष प्रदेश इन्चार्ज हितमान शाक्यको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य, उद्योग व्यवसायी महासंघका ईन्चार्ज टेकबहादुर बस्नेत, उपत्यका विशेष प्रदेश उद्योग तथा व्यवसायी महाशाखाका ईन्चार्ज कृष्ण केसी, उपत्यका विशेष प्रदेश समिति अध्यक्ष जगत सिंखडा, उपत्यका विशेष प्रदेश समिति सचिव तथा नेपाल पर्यटन बोर्डका वर्तमान उपाध्याक्ष कमल सापकोटा, पार्टी पर्यटन विभागका सचिव नवराज दाहाल, उद्योग तथा व्यवसायी महाशाखा अध्यक्ष अम्बिर गुरुङ, नेपाल पर्यटन व्यवसायी संगठनका अध्यक्ष नवराज पाण्डे, टानका अध्यक्ष सागर पाण्डे, भिटोफ नेपालका अध्यक्ष सकुन्तला देबकोटा, एमएमएका बरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, महिला पर्यटन व्यवसायी सञ्जालका अध्यक्ष निर्मला धमलालगायतको विशेष आतिथ्यता रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij