२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

समाजवादी मोर्चाद्वारा सरकारको कडा आलोचना, गणतन्त्र रक्षार्थ १५ गते विशाल प्रदर्शनको घोषणा

समाजवादी मोर्चाद्वारा सरकारको कडा आलोचना, गणतन्त्र रक्षार्थ १५ गते विशाल प्रदर्शनको घोषणा

गण्डकी टाइम्स
शनिवार, चैत्र १ २०८१
गण्डकी टाइम्स
शनिवार, चैत्र १ २०८१
  • काठमाडौं, २ चैत। समाजवादी मोर्चा नेपालले सरकारको गतिहीनता तथा कुशासनका कारण संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा चुनौतीपूर्ण बन्दै गएको भन्दै तीव्र असन्तोष व्यक्त गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा मोर्चाले सरकारको मनोमानी र अस्तव्यस्त कार्यशैलीका कारण नेपाली जनतामा असन्तुष्टि र आक्रोश बढ्दै गएको उल्लेख गर्दै यसको परिणाम देशको स्वाधीनता तथा समाजवादको यात्रामा बाधा पुर्‍याउने चेतावनी दिएको छ। चैत १५ मा विशाल विरोध प्रदर्शन संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा समाजवादको प्रवर्द्धनका लागि मोर्चाले यही चैत १५ गते काठमाडौंमा विशाल विरोध प्रदर्शनसहितको जनसभा आयोजना गर्ने घोषणा गरेको छ। मोर्चाका नेताहरूले जनसभामा सहभागिता जनाउन सम्पूर्ण गणतन्त्र समर्थक नागरिकलाई आह्वान गरेका छन्। चार दलको संयुक्त वक्तव्य नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवद्वारा जारी संयुक्त वक्तव्यमा संघीय लोकतान्त्रिक गणतन्त्रको विकासमा गतिहीनता, सरकारको मनोमानी तथा जनताको हितविपरीतका गतिविधिहरूले असन्तुष्टि बढेको उल्लेख गरिएको छ। वक्तव्यमा गणतन्त्र विरोधी तथा पुनर्स्थापनावादी तत्वहरूले यस अवस्थालाई आफ्नो पक्षमा उपयोग गरी राजतन्त्र पुनर्स्थापनाको षड्यन्त्र गरिरहेको आरोप लगाइएको छ। गणतन्त्र रक्षाको राष्ट्रिय कार्यभार मोर्चाले गणतन्त्रको रक्षा, लोकतान्त्रिक मूल्यमान्यता सुदृढीकरण तथा नेपाली विशेषताको समाजवादको दिशामा अघि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको प्रमुख कार्यभार भएको स्पष्ट पारेको छ। वक्तव्यमा भनिएको छ, "यसको सशक्त प्रतिवाद गर्नु, गणतन्त्रको रक्षा गर्नु र नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्नु वर्तमान राष्ट्रिय राजनीतिको मुख्य कार्यभार बन्न गएको छ।" मोर्चाले गणतन्त्रको रक्षा र लोकतान्त्रिक मूल्यमान्यताको सुदृढीकरणका लागि सबै वामपन्थी, लोकतन्त्रवादी तथा प्रगतिशील शक्तिहरूलाई एकजुट हुन आग्रह गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij