२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

राजतन्त्र भूत हो, फर्किँदैन: डा. भट्टराई

राजतन्त्र भूत हो, फर्किँदैन: डा. भट्टराई

गण्डकी टाइम्स
शनिवार, चैत्र ८ २०८१
गण्डकी टाइम्स
शनिवार, चैत्र ८ २०८१
  • काठमाडौं, ९ चैत । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राजतन्त्र इतिहासको एउटा भूत बनेको भन्दै त्यसको पुनरागमन असम्भव रहेको बताएका छन्। शनिबार जनकपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले लोकतन्त्रलाई सुरक्षित गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिए। भट्टराईले भने, "राजतन्त्र भूत हो, र भूत केवल भ्रम हो। यस्तो भ्रम बोकेर हिँड्नेहरू निराशा र काल्पनिक सपनामा बाँच्छन्, जसको न त वास्तविक संसारसँग कुनै सम्बन्ध हुन्छ, न त कुनै सम्भावना।" उनले इतिहासलाई स्मरण गराउँदै राजा र राणाहरूको शासनकालमा अहिलेभन्दा तीन गुणा बढी भ्रष्टाचार हुने गरेको आरोप लगाए। साथै, भट्टराईले अब जनताले केवल नेतामात्रै चयन गर्ने नभई, नवीन सोच भएका सक्षम नयाँ पुस्ताका व्यक्तिहरूलाई अघि सार्नुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij