२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रचण्ड, ओली र देउवाबीच भेटवार्ताको तयारी

प्रचण्ड, ओली र देउवाबीच भेटवार्ताको तयारी

गण्डकी टाइम्स
आइतवार, चैत्र ९ २०८१
गण्डकी टाइम्स
आइतवार, चैत्र ९ २०८१
  • काठमाडौं, १० चैत । प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ताको तयारी भएको छ । जनतासँग माओवादी, तराई–मधेश जागरण अभियानअन्तर्गत अभियानमै रहेका प्रचण्ड आज काठमाडौं आइसक्ने बताइएको छ । त्यसपछि तीन शीर्ष नेताहरुबीच छलफल हुने तयारी रहेको छ । शीर्ष नेताहरुबीचको भेटवार्तामा समसामयिक राजनीति, पछिल्लो समय विकसित भएरहेका प्रतिगामी हर्कत, बेपत्ता पारिएका व्यक्तिको छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्तिलगायतका विषयमा छलफल हुने बताइएको छ । तीन शीर्ष नेताहरुको छलफलमा राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे पनि छलफल हुनसक्ने सम्भावना रहेको छ । राजावादीहरुको पछिल्लो गतिविधिले गणतन्त्रवादी शक्तिहरुलाई एक ठाउँमा आउने माहोल खडा गरिदिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij