२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने एमालेको निर्णय

७ जनालाई ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने एमालेको निर्णय

गण्डकी टाइम्स
सोमवार, बैशाख १ २०८२
गण्डकी टाइम्स
सोमवार, बैशाख १ २०८२
  • काठमाडौं, १ वैशाख। नेकपा एमालेले आगामी पार्टी स्थापना दिवसको अवसरमा देशभरका ७ जना विशिष्ट व्यक्तित्वलाई ‘कम्युनिस्ट योद्धा’को रूपमा सम्मान गर्ने निर्णय गरेको छ। पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले सोमबार बसेको स्थायी कमिटी बैठकपछि निर्णय सार्वजनिक गर्दै भने, “यसपटकको पार्टी स्थापना दिवसमा विगत वर्षहरूमा झैँ कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान दिने विशिष्ट व्यक्तिहरूलाई कम्युनिस्ट योद्धा घोषणा गरेर सम्मान गरिनेछ।” ज्ञवालीका अनुसार सम्मानित हुनेमा निम्न व्यक्तिहरू निम्न रहेका छन्: लालबहादुर विश्वकर्मा (कञ्चनपुर) स्व. रत्न शर्मा न्यौपाने (जाजरकोट) शोभारम बस्नेत (दाङ) बासस्वती देवकोटा (गोरखा) शान्ता मानवी (काठमाडौँ) सत्य नारायण मण्डल (सप्तरी) हरिचरण सिवाकोटी (झापा) पार्टीले उनीहरूको योगदानलाई स्मरण गर्दै सार्वजनिक रूपमा सम्मान गर्ने तयारी गरेको हो। एमालेले हरेक वर्ष पार्टी स्थापनाको अवसरमा कम्युनिस्ट आन्दोलनमा सक्रिय भूमिका खेलेका व्यक्तिहरूलाई सम्मान गर्दै आएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij