सत्तासमीकरण बारे देउवा-ओलीविच बालुवाटारमा एक घण्टा छलफल
सत्तासमीकरण बारे देउवा-ओलीविच बालुवाटारमा एक घण्टा छलफल
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, २ बैशाख । सरकारको कार्यसम्पादनप्रति उठेका प्रश्न र सत्ता गठबन्धनभित्र देखिएको असन्तोषका बीच प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा एक घण्टा लामो छलफल भएको छ।
मंगलबार दिउँसो बालुवाटारमा भएको भेटलाई नियमित छलफलको निरन्तरता भनिए पनि पछिल्लो समय सरकारभित्रै देखिएको आलोचनाको पृष्ठभूमिमा यसले विशेष अर्थ राखेको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार संयुक्त सरकार बनेपछि नेताहरुबीच यस्तो भेटघाट हुँदै आएको छ। आजको छलफल पनि त्यही क्रमको हिस्सा हो, तर पछिल्लो समय सरकारको गति र कामकारबाहीबारे उठेका प्रश्नहरु छलफलको मुख्य विषय बनेको बताइएको छ ।
सत्तारुढ दलका केही नेताले समेत सरकारको गति बढाउनुपर्ने धारणा सार्वजनिक रूपमा राखिरहेका बेला प्रधानमन्त्री ओली र सभापति देउवाबीचको यो भेटलाई गठबन्धनलाई थप कसिलो बनाउने प्रयासको रूपमा हेरिएको छ।
छलफलमा सत्ता समीकरण, सरकारको कार्यसम्पादनर गठबन्धनभित्र देखिएका असन्तोषका आवाजहरूप्रति गम्भीर छलफल भएको जनाइएको छ। स्रोतका अनुसार सरकारको विषयमा अनावश्यक हल्ला भइरहेको र ती हल्ला रोक्न र स्पष्ट सन्देश दिन यो छलफल केन्द्रित भएको थियो।
प्रतिक्रिया