काठमाडौंमा आज राप्रपाको प्रदर्शन, अराजक भए कडा कारबाही गर्ने गृहको चेतावनी
काठमाडौंमा आज राप्रपाको प्रदर्शन, अराजक भए कडा कारबाही गर्ने गृहको चेतावनी
गण्डकी टाइम्स
गण्डकी टाइम्स
काठमाडौं, ७ बैसाख। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्ने भएको छ । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले मध्याह्न १२ बजेबाट प्रदर्शन गर्न लागेको हो ।
काठमाडौँका तीनठाउँबाट निस्कने र्याली बिजुलीबजारमा जम्मा भएर शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुने प्रवक्त मोहनकुमार श्रेष्ठले जानकारी दिए। गत साता सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले काठमाडौंको निषेधित क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायत पक्राउ परेका थिए । यसैबीच, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानूनी क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ ।
मन्त्रालयले राष्ट्रिय प्रजातन्त्र पार्टीका नामबाट निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको छ ।
प्रतिक्रिया