२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

प्रचार संयन्त्रमार्फत बुर्जुवाविरुद्ध लड्नुपर्ने बेला आयो : अध्यक्ष प्रचण्ड

प्रचार संयन्त्रमार्फत बुर्जुवाविरुद्ध लड्नुपर्ने बेला आयो : अध्यक्ष प्रचण्ड

गण्डकी टाइम्स
शनिवार, बैशाख १३ २०८२
गण्डकी टाइम्स
शनिवार, बैशाख १३ २०८२
  • काठमाडौँ, १३ वैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान अवस्थामा माओवादीहरूले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन्। आज काठमाडौँमा प्रेस सेन्टर नेपालको सपथ तथा पदभार हस्तान्तरण आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बन्दुकको युग समाप्त भइसकेको बताउँदै अब विचार र प्रचारका माध्यमबाट लड्नुपर्ने समय आएको स्पष्ट पारे। "अहिले हामीसँग बन्दुक छैन, बन्दुक चलाएर अगाडि बढ्ने परिस्थिति पनि छैन," प्रचण्डले भने, "त्यसकारण अब प्रचार संयन्त्रमार्फत नै बुर्जुवाविरुद्ध, वैदेशिक प्रतिक्रियावादविरुद्ध, देशभित्रका यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रहरू विरुद्ध लड्नु पर्नेछ।" उनले प्रचार संयन्त्रलाई पार्टीले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसलाई ठिक ढंगले बुझ्न पार्टी पंक्तिमा जागरण आएको अनुभव व्यक्त गरे। अध्यक्ष प्रचण्डले अहिले देशको राजनीति निकै पेचिलो परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो संवेदनशील घडीमा सबै क्रान्तिकारी शक्तिहरू एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij