२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

माओवादीप्रति नकारात्मक नहुन धरानका मेयर हर्कलाई प्रचण्डको आग्रह

माओवादीप्रति नकारात्मक नहुन धरानका मेयर हर्कलाई प्रचण्डको आग्रह

गण्डकी टाइम्स
आइतवार, बैशाख २८ २०८२
गण्डकी टाइम्स
आइतवार, बैशाख २८ २०८२
  • धरान, २८ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धरानका मेयर हर्क साम्पाङलाई माओवादीप्रति नकारात्मक नहुन आग्रह गरेका छन् । धरानमा आयोजित किराती र लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, नेपालको संयुक्त राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो आग्रह गरेका हुन् । “मैले धरानका मेयर हर्क साम्पाङलाई लोकतन्त्रमा फुलेको सुन्दर फूल भनेको छु। घरिघरि उहाँलाई के हुन्छ ? उहाँ माओवादीप्रति नकारात्मक हुनु आवश्यक छैन,” उनले भने। अध्यक्ष प्रचण्डले सबै उत्पीडित वर्ग, पहिचानका पक्षधर, माओवादी आन्दोलनसँग सम्बद्ध पार्टी तथा समूहहरू र हर्क साम्पाङजस्ता नयाँ उदाएका राजनीकर्मीहरूलाई संविधान संशोधन र समाजवादी रूपान्तरणको अभियानमा एकजुट भई माओवादी केन्द्रलाई साथ दिएर अघि बढ्न आह्वान गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij