२०८३, कार्तिक १४ गते

शुक्रवार, कार्तिक १४ गते २०८३

ओली सरकारको दिनगन्ती सुरु

ओली सरकारको दिनगन्ती सुरु

गण्डकी टाइम्स
सोमवार, जेठ ६ २०८२
गण्डकी टाइम्स
सोमवार, जेठ ६ २०८२
  • काठमाडौं, ५ बैशाख । राष्ट्र बैंकको गभर्नर नियुक्तिमा नेपाली कांग्रेसले दिएको ४८ घण्टे अल्टिमेटमले ओली नेतृत्वको सरकारमा नयाँ संकटको संकेत दिएको छ। सत्तारूढ गठबन्धनकै सबैभन्दा ठूलो दल कांग्रेसको चित्त नबुझेपछि गठबन्धन भित्रको असमझदारी सतहमा आएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ मन्त्रिपरिषद बैठक स्थगित गराउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गभर्नर तत्काल नियुक्त गर्न दबाब दिएका छन्। देउवाले ओलीसँग भेट गर्न समेत अस्वीकार गरेका छन्, जसले दुई नेताबीचको विश्वासको खाडल झनै गहिरिएको छ। गठबन्धनको सहमतिअनुसार राष्ट्र बैंकको गभर्नर कांग्रेसको भागमा परेको थियो। तर प्रधानमन्त्री ओलीले गुणाकर भट्ट र विश्व पौडेल जस्ता पात्रहरूलाई आलटाल गर्दै अस्वीकार गरेपछि देउवा आक्रोशित बनेका हुन्। “गठबन्धनको विश्वासमा चल्न सकिएन भने कांग्रेसले अबको बाटो अलग बनाउनेछ,” कांग्रेसका एक वरिष्ठ नेताले भने, “ओलीजीको व्यवहारबाट हामीले धेरैपटक धोका खाएका छौं।” ओली पक्षले भने गभर्नर नियुक्तिमा आवश्यक परामर्श समयमै नभएको भन्दै स्थिति सामान्य रहेको बताउने प्रयास गरिरहेको छ। तर मन्त्रिपरिषद बैठक स्थगन, भेट अस्वीकार र कांग्रेसभित्रको तीव्र असन्तुष्टि हेर्दा सरकारको दीर्घकालीन भविष्य संकटमा परेको स्पष्ट देखिन्छ। राजनीतिक विश्लेषकहरूका अनुसार गभर्नर नियुक्तिको विवाद अब गठबन्धनभित्रको अविश्वास र असहयोगको सङ्केत बन्न पुगेको छ। यदि सहमति कायम हुन सकेन भने कांग्रेसको समर्थन बिना ओली सरकारको टिकाउपनमा गम्भीर प्रश्न उठ्नेछ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij