२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

वाइसिएल गोरखाको अध्यक्षमा सुशिल गुरुङ सर्वसम्मत निर्वाचित

वाइसिएल गोरखाको अध्यक्षमा सुशिल गुरुङ सर्वसम्मत निर्वाचित

गण्डकी टाइम्स
सोमवार, जेठ १३ २०८२
गण्डकी टाइम्स
सोमवार, जेठ १३ २०८२
  • गोरखा १२ जेठ। नेकपा माओवादी केन्द्रको भातृसंगठन योङ कम्युनिष्ट लिग (वाइसीएल ) गोरखाको तेस्रो जिल्ला अधिबेशनबाट सुशिल गुरुङ अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । गोरखा सदरमुकाममा सोमबार सम्पन्न अधिबेशनबाट उपाध्यक्षमा एक बहादुर गुरुङ (ठालु), सुवास तामाङ, र मीरा उपरकोटी र सचिवमा अन्जन गुरुङ निर्वाचित भएका हुन् । त्यस्तै महासचिवमा रबिन सिंखडा, कोषाध्यक्षमा ईश्वर मूडबरी, सहसचिवमा सन्च बहादुर राना, सरोज तमाङ र गुरुङ, मोहन गुरुङ निर्वाचित भएको जनाइएको छ । अघिबेशनको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्व सहइन्चार्ज हरिराज अधिकारीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य अधिकारीले देशभर माओवादी पार्टी प्रति जनताको आर्कषण बढ्दै गएको बताउनुभयो । उहाँले माओवादी सरकार रहदा गरेको जनपक्षीय कामले जनतामा माओवादी प्रतिको विश्वास र भरोसा बढेको उहाँले बताउनुभयो । अधिबेशनमा नेकपा माओवादी केन्द्र गोरखाका जिल्ला इन्चार्ज अमर तमु, केन्द्रीय सदस्य परशुराम रम्तेल, कमला नहर्कीलगायतको सहभागिता रहेको थियो । अधिबेशनको उद्घाटन कार्यक्रममा वाइसिएल गोरखाका संयोजक सागर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij