२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

विद्या भण्डारीका नाममा अवसरवादी तत्त्वहरू सल्बलाइराखेका छन् : शंकर पोखरेल

विद्या भण्डारीका नाममा अवसरवादी तत्त्वहरू सल्बलाइराखेका छन् : शंकर पोखरेल

गण्डकी टाइम्स
शनिवार, आषाढ १४ २०८२
गण्डकी टाइम्स
शनिवार, आषाढ १४ २०८२
  • काठमाडौँ, १५ असार। सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी ‘एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर नजाने’ टिप्पणी गरेका छन्। एमालेपोखरा महानगरपालिका कमिटीले शनिबार मदन जयन्तीको अवसरमा आयोजित बिचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै त्यसकै नाममा अवसरवादीहरू सलबलाई राखेको समेत बताए। ‘मलाई लाग्छ हाम्रो सम्माननीय पूर्व राष्ट्रपति नेकपा एमालेको विकास र समृद्धिको आकांक्षाबाट बाहिर जान सक्नुहुन्छ भन्ने म ठान्दिनँ,’ पोखरेलले भने, ‘सामाजिक सञ्जालमा अनेक प्रकारका प्रवृत्ति देखा परिराखेका छन्।’ उनले थपे, ‘त्यसका नाममा कतिपय अवसरवादी तत्वहरु सलबलाई राखेका छन्।’ पूर्वराष्ट्रपति भण्डारीले आजै काठमाडौँमा आयोजित कार्यक्रममा एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छिन्। त्यस्तै उनले आफू र उपाध्यक्ष विष्णु पौडेलका नाममा कित्ताकाट गर्ने प्रयास भएको समेत उल्लेख गरे। ‘शंकर पोखरेल र विष्णु पौडेलका नाममा धार जन्माउने कोसिस भए,’ पोखरेलको भनाइ छ, ‘कित्ताकाटको प्रयत्न नभएको हो र?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij