२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

प्रभु साहले 'गरिबमारा' भन्दै संसदमै च्याते निजामती विधेयक

प्रभु साहले 'गरिबमारा' भन्दै संसदमै च्याते निजामती विधेयक

गण्डकी टाइम्स
आइतवार, आषाढ १५ २०८२
गण्डकी टाइम्स
आइतवार, आषाढ १५ २०८२
  • काठमाडौं, १५ असार । आमजनता पार्टीका अध्यक्ष प्रभु साहले निजामती सेवा विधेयक च्यातेका छन् । आइतबार संसद् बैठकमा विधेयकमाथिको छलफलमा भाग लिएका सांसद साहले विधेयकलाई 'गरिबमारा' भनेर च्यातिदिएका हुन् । "यो गरिबमारा विधेयक पारित भयो भने देशमा आगो बल्छ," उनले भने । सांसद साहले विधेयकमा गरिबलाई निषेध गरिएको दाबी गरे । विधेयकबाट संविधानको नै उल्लंघन गरिएको उनको भनाइ छ । उनले तल्लो तहका कर्मचारीको वृत्ति विकासमा रोक लगाइएको बताए । "गरिबको भाग्य भविष्यलाई कत्लेआम आएको यो निजामती विधेयक हामीलाई स्वीकार्य छैन । यदि यो पारित भयो भने गरिबका लागि कालो दिन हुनेछ," उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij