२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

एमालेसंग एकताको कुनै संभावना छैन: माओवादी केन्द्र

एमालेसंग एकताको कुनै संभावना छैन: माओवादी केन्द्र

गण्डकी टाइम्स
सोमवार, आषाढ २३ २०८२
गण्डकी टाइम्स
सोमवार, आषाढ २३ २०८२
  • काठमाडौं, २३ असार । नेकपा (माओवादी केन्द्र) ले केही सञ्चार माध्यममा प्रकाशित “बाम एकताका लागि एमाले समक्ष माओवादी प्रस्ताव” शिर्षकको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त समाचारलाई तथ्यहीन र आधारहीन भन्दै खण्डन गरिएको छ। विज्ञप्तिमा भनिएको छ, “समाचारमा उल्लेख गरिएअनुसार वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरी एमालेसँगको वाम एकताको प्रस्ताव राखेको भनिएको छ, जुन पूर्ण रूपमा निराधार हो।” पार्टीले स्पष्ट पारेको छ कि माओवादी केन्द्रको एमालेसँग एकता गर्ने कुनै नीति र सोच छैन। साथै, पूर्व राष्ट्रपति भण्डारीसँग गरिएको भनिएको भेटको विषयमा पार्टीमा कुनै जानकारी नरहेको बताइएको छ। विज्ञप्तिमा भनिएको छ, “एमालेबाहेक अन्य कम्युनिष्ट दलहरू र समाजवादी मोर्चाका घटकहरूसँग एकताको विषयमा छलफल भए तापनि एमालेसँग एकताको कुनै चर्चा भएको छैन।” पार्टीले यस्ता भ्रामक प्रचारबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी पंक्ति र आम जनसमुदायलाई आग्रह समेत गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार

    © 2026 All right reserved to gandakitimes.com Site By : sobij